सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वाणिज्य बैंकहरुमा ‘नम्बर वान’ ग्लोबल आईएमई बैंक १९ औं वर्षमा प्रवेश गरेको छ । वि. सं २०६८ सालमा स्थापित बैंकले छोटो समयमै ठूलो फड्को मारेको छ । गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको छ । वित्तीय सूचकसँगै व्यवसायिक रुपमा पनि अब्बल छ । मुलुकको सात प्रदेश र ७७ वटै जिल्लामा सामान्य सानादेखि ठूलासम्म उद्यम व्यवसाय र आम नागरिकमा वित्तीय सेवा पुर्य ाइरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ । ठूलो आकारको बैंक बनेसँगै राष्ट्रिय पुँजी निर्माणका लागि ठूला पूर्वाधार परियोजनामा समेत लगानीको ढोका खोलिरहेको बैंकले सबैजसो वित्तीय क्षेत्रमा योगदान पुर्याइरहेको छ । त्यसो त आम सेवाग्राहीमा उच्च स्तरको बैंकिङ सेवा प्रवाह गरिरहेको ग्लोबल आईएमई बैंकले “सबैका लागि बैंक” भन्ने मूल दृष्टिकोणसहित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
मर्जरमा २१ संस्था समाहित त्यसो त आकार र वित्तीय सूचांंकमा मात्र ठूलो देखिनु होइन ग्लोबल आइएमई बैंकले साँच्चै मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउनेगरी वृहत पुँजी वृद्धिको संकल्पसहित मर्जर नीतिलाई प्राथमिकता दिँदै आएको छ । जसका कारण हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् भने उपयुक्र्त मर्जर नीतिले छोटो समयमा नै बैंक देशकै ठूलो र अब्बल बैंक बन्न सफल भएको छ । बैंक एक अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो । यो बैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चलेको थियो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको अहिले सबैभन्दा ठूलो बैंक बनेको छ । यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको हो । ग्लोबल आइएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रुपमा हेर्ने गरिन्छ । बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो । त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले यतिमै सीमित रहेन । सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो । त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो । ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए ।
त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो । त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए । त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको हो । मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रुपमा ग्लोबल आइएमई बैंक चिनिन थालेको हो । यस कारण पनि ग्लोबल आइएमई बैंकलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकको रुपमा मान्न सकिन्छ ।
करिब २७ अर्बको जगेडा कोष
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा २३।३६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको संचालन नाफा पनि गत वर्षको तुलना १९.४० प्रतिशतले बढेको छ । गत वर्षको यस अवधिमा बैंकले एक अर्ब ७९ करोड ८५ लाख रुपैयाँ संचालन नाफा गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा दुई अर्ब १४ करोड ७४ लाख रुपैयाँ गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप २४.५१ प्रतिशतले बढेर ५ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी २७.८६ प्रतिशतले बढेर ४ खर्ब १८ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा ४.६७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।
लाभांश वितरणमा बोनसमा जोड
आर्थिक वर्ष २०८०-०८१ समग्र बैंकिग तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद रहन सकेन । पछिल्लो अवधिमा मुलुकको अर्थतन्त्रमा केहि सुधारका संकेत देखिएतापनि आर्थिक गतिबिधि र कर्जाको माग सोचे अनुरुप बढ्न नसकेकोले त्यसको असर प्रत्यक्ष रुपमा यस बैंकमा पर्यो ।
विभिन्न व्यवसायमा परेको प्रतिकुल असरका कारण कर्जा असुलीमा केही सिथिलता आई कर्जा नोक्सानी वापतको रकम समेत बढेको छ । शेयर प्रिमियम तथा मर्जर वा प्राप्तिमा शेयर आदान प्रदानको भिन्नता रकमलाई आयको रुपमा गणना गरी एकैपटक ठुलो रकम करको रुपमा सरकारलाई दाखिल गरेकाले बैंकको वितरणयोग्य मुनाफामा प्रत्यक्ष असर पर्न बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०८०-८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई बैंकको चुक्ता पूँजी ५.५ प्रतिशत अर्थात एक अर्ब ९८ करोड ७० लाख ८२ हजार रुपैयाँ बराबरको बोनस शेयरको रुपमा वितरण गर्न प्रस्ताव गरेको । बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख ५२ हजार रुपैयाँ पुग्ने छ ।
बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५-७६ मा बाँडेको थियो । उक्त वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । हरेक वर्ष बोनस शेयरमा जोड दिँदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो । आर्थिक वर्ष २०७५-७६ मा बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । बैंकले हरेक आर्थिक वर्षमा शेयरधनीहरुलाई नगद लाभांश भन्दा बोनस शेयर धेरै दिँदै आएको छ । यस्तै, बैंकले आर्थिक वर्ष २०६८-७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले यस वर्ष ३ प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो । त्यसैगरी आव २०६९-७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो भने आ।व। २०७०र७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बैंकले आर्थिक वर्ष २०७१-७२ मा लगानीकर्तालाई बोनस शेयरमात्र वितरण गरेको थियो । यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७२-७३ मा बैंकले १६ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो ।बैंकले आर्थिक वर्ष २०७३-७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७४-७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६-७७ मा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बैंकले आर्थिक वर्ष २०७७-७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । त्यसैगरी बैकले आव २०७८-७९ मा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।
अन्तर्राष्ट्रिय अर्वाडसम्मका उपलब्धि
ग्लोबल आइएमई बैंक हालै मात्र ‘ग्लोबल फाइनान्स, बेष्ट बैंक अवार्ड २०२४’ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित भएको छ । यो प्रतिष्ठित अर्वाडबाट सम्मानित हुने पहिलो बैंक समेत हो ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघरसंस्थाहरुबाट फरकफरक विधामा सम्मानित बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा ‘युरोमनी अवार्ड, द बेस्ट बैंक इन नेपाल’, बेष्ट इम्प्लोयर जस्ता अवार्डहरू प्राप्त गरिसकेको छ । विश्वका ठुलाठुला बैंकहरुले समेत प्राप्त गरिरहेको सो सम्मान यस बैंकले प्राप्त गरेबाट बैंकको ब्यावसायिकतामा थप निख्खारताको साथै अन्तर्राष्ट्रिय छविमा समेत सकारात्मक प्रभाव पर्ने बैंकले जनाएको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । विभिन्न देशहरुबाट रेमिट्यान्स सेवा दिँदै आएको बैंक आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण ९रेमिट्यान्स० भित्र्याएर बैंक सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ ।
यसका साथै राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैकले सम्मान पाएको छ । बैंकले सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढीको योगदान गरेको छ ।
यस्ता छन् भावी कार्ययोजना
आगामी दिनमा ग्राहकहरुलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रिणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरु संचालन गरिने जनाएको छ ।
बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवद्र्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरु समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य लिएको छ ।
भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिगले सेवाग्राही सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संशाधनको लागत समेत घट्न जाने विश्वास रहेको छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालिन मजबुतिकरणमा मदत पुगि शेयरधनीहरुलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने बैंकले अपेक्षा गरेको छ ।
बैंकले आगामी दिनमा निम्नानुसारको रणनीतिरकार्ययोजनाहरु अवलम्बन गर्दै जानेछः
१. “सबैको लागि बैंक” भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरू मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडी बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । हाल यस बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरू, शाखा रहित बैंकिङ्ग सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरु समेत जम्मा १,१०० सेवा केन्द्र मार्फत करिब ५० लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझैपनि ठुलो सङ्ख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको छ ।
२. आगामी समयमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्य योजना अनुरूपका रणनीतिहरू कार्यान्वयन गर्दै जानेछ । यसका लागि बैकले निक्षेप तर्फ क्यास डिपोजिट र कर्जा प्रवाह तर्फ एमएमई/ रिटेलर/ एकएसएमई / प्रायोरिटी सेक्टर ल्याण्डिङलाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरू सञ्चालन गर्दै जानेछ । जसबाट शेयरधनीहरुलाई उचित प्रतिफल प्राप्त हुने विश्वास लिएका छौँ ।
३. हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरूलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरुलाई थप प्रवर्धन गरिनेछ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीय स्तरमा बैंकले हरित तथा दिगो बैंकिङ्ग इकाई स्थापना गरी कार्यक्रम अगाडी बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रुपमा स्थापित गर्ने गराउने नीति लिइनेछ ।
४. बैंकले थप भ्यालु एडेड सर्भिस÷प्रोडक्ट बजारमा पुर्याउने कार्य योजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टहरुको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकता अनुरूप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैकले प्रविधिमा आधारित ग्लोबल जुनियर एम र फास्ट लोन एजेन्ट शेयर कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ ।
५. बैंकले विगत वर्षहरूमा अन्तर्राष्ट्रिय वित्त निकायहरूबाट वित्तीय संस्थाहरूबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ । चालु आवमा समेत बैंकको ओपीईसी फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंक, एसियन डेभलपमेन्ट बैंक, डेभलपमेन्ट फाइनान्स कर्पोरेसन, एशियन इन्फाइन्ट्रक्चर इन्भेष्टमेन्ट बैंक जस्ता निकायहरूबाट आवश्यकता र औचित्यताको आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडी बढाइने नीति रहेको छ ।
६. घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको विकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै बचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत श्रोतको रूपमा महत्त्व दिई आएका छौ । बैंकको यो नीतिलाई आगामी आर्थिक वर्षहरू मा समेत निरन्तरता दिइने छ ।
७. मुलुकभर विकासको पूर्वाधार निर्माण सम्बन्धी कार्यहरू निरन्तर रुपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीन वटै तहका सरकारहरूको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ ।
८. विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधार समेत हो । संसारभर विभिन्न राष्ट्रहरूमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरूको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरूसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएका छौँ । आगामी वर्ष यस बैंक मार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्नका लागि रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने छ ।
९. बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोबारको प्रवद्र्धन गर्न अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयहरू सञ्चालनमा रहेको छ । आर्थिक रूपले सम्पन्न एशियाको महत्त्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास जारी रहेको छ । व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायहरूबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरिका जस्ता विभिन्न सम्भाव्य राष्ट्रहरूमा शाखा कार्यालय खोली कारोबार गर्ने योजना रहेको छ । त्यसैगरि डिजिटल मनि कारोबार इजाजतको लागि समेत प्रयत्न गरिने छ ।
१०. बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडी बढ्ने नीति अवलम्बन गरेको छ । सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिंङ ईकाइ गठन गरी आवश्यक पूर्वाधार समेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरू डिजिटल बैंकिंङको प्रविधि मार्फत प्रदान गर्दै कारोबारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।
११. बैंकको आन्तरिक काम कारबाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउँदै लैजाने नीति रहेको छ । आर्थिक वर्ष २०८०-८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवाहरू, एलसीरग्यारेन्टी सुविधा, शेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टुमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता विना नगद तथा चेकको कारोबार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित यस किसिमको सेवाहरूबाट व्यावसायिक प्रभावकारिता बढाएको विश्वास सहित आगामी दिनहरूमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरू थप गर्दै लैजाने नीति लिएका छौँ ।
१२. कर्मचारीहरू बैंकका मुख्य सम्पत्ति हुन र उनीहरूको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरूको वृत्ति विकासका लागि वार्षिक तालिम कार्य तालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदान प्रदान गर्ने व्यवस्था मिलाउने छौँ ।
१३. बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध छ । सङ्घीय सरकार तथा नेपाल राष्ट्र बैंकले अङ्गीकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरू यस बैंकमा समाहित भएका छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरूको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने छ । १४.मुलुकले अवलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयहरूको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिइएको छ ।
१५. समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण लगायत एवम् विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अवलम्बन गर्नेछ ।
१६. बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्तै महत्वको साथ अवलम्बन गर्दै आइरहेको छ । सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बैंकका विभिन्न किसिमका जोखिमहरूको पहिचान तथा न्यूनीकरणका विधिहरू अवलम्बन गर्दै आइरहेको छ । हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रक्रियाहरूमा थप पुनरावलोकन गरी आवश्यकता अनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाइनेछ ।
१७. बैंकले जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गरी कार्यान्वयन गर्ने गराउने कार्यलाई जोड दिने छ । यसका लागि समीक्षा वर्ष देखिनै इन्टरनेशनल फाइनान्स कर्पोरेसनको सल्लाहकार सेवाहरू लिई कार्य प्रारम्भ गरिएको छ । यसबाट बैंकको जोखिम व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास लिएका छौँ ।
१८. कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रुपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाहरूको समयमानै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रीय स्तरमा क्रेडिट मोनिटरिङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।