गाउँपालिकाबाट किसानलाई अनुदान 

बुधबार, असार ९, २०७८

सल्यान । त्रिवेणी गाउँपालिकाले अनुदान उपलव्ध गराएपछि  किसान उत्साहित हुन थालेका छन् । गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराएपछि किसान कृषि तथा पशु व्यवसायमा आकर्षित हुन थालेका हुन् ।  गाउँपालिकाले प्रति खसीबोका रु पाँच सय, दूधमा प्रतिलिटर रु पाँच  र अण्डामा प्रतिगोटा पैसा ५०  अनुदान दिँदै आएको छ । जिल्लामै पहिलोपटक प्रोत्साहन गर्ने उद्देश्यले अनुदान दिन थालेपछि कृषकले व्यवसाय विस्तारसमेत गर्न थालेका छन् ।  किसानलाई दिइने अनुदानले उत्साह मात्रै नथपेर उत्पादनमा समेत वृद्धि भएको गण्डकी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक अर्जुनकुमार श्रेष्ठले बताए ।  गाउँपालिकाको नीतिअनुसार उत्पादक किसानलाई अनुदान दिन थालिएपछि उत्पादन वृद्धि भएको त्रिवेणी गाउँपालिका पशु शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार