आज यसरी भइरहेको छ विदेशी मुद्राको कारोबार 

शुक्रबार, पुस १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार कारोबार भइरहेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ भने युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ । सोही अनुसार आज, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय रूपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रूपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा तोकिएको छ ।
यसको साथै, जापानी येन १० को खरिददर आठ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा रहेको छ । 
त्यसैगरी, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ १६ पैसा तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार