बिहान–बेलुका चिसो, दिउसो गर्मी 

शुक्रबार, पुस १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण बिहान बेलुका चिसो तथा दिउसो गर्मी हुन थालेको छ । पश्चिमी वायुकै सामान्य प्रभावका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भागमा सामान्य बदली भएको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । बिहानका तराईका धेरै स्थानमा भने हुस्सु लागेको थियो ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार