नेपाललाई विश्वसामू चिनाउने सपना पूरा भएको छ : पर्वतारोही मिङ्मा शेर्पा 

शुक्रबार, पुस १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन् । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शुक्रबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन्  । शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन् । शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् । स्वदेश फर्किएका जी शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सानैदेखीको नेपाललाई विश्वसामू चिनाउने आफ्नो  सपना पूरा भएको बताए । उनले सातवटै महादेशको हिमालहरु सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए । उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो  लगभग पूरा भएको छ । हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’ यसैगरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अफ्ठयारो नभएको बताए । 

Photo-(16)-1735889752.jpg
Photo-(6)-1735889751.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार