उत्कृष्ट काम गर्न राखेप सदस्यहरूलाई मन्त्रीको निर्देशन 

शुक्रबार, पुस १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा ठूलो परिवर्तन आवश्यक भएको औंल्याएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नवनियुक्त आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गराउँदै राखेपले परिणाममूखी भएर काम गर्न निर्देशन पनि दिए । उनले सदस्यहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित समारोहमा सदस्यहरुलाई शपथ गराएका हुन् ।   शपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन् । 
मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सवै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह पनि गरे ।  यही पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठजनालाई नियुक्त गरेको थियो ।

Photos-(2)-(3)-1735899673.jpg
Tejulal-Chaudhary--1735899669.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार