उत्पादित वस्तुलाई निर्यातमा बढाउन निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

शुक्रबार, पुस १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल निर्यात परिषद्ले २७ औँ वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसको उपलक्ष्यमा व्यापार मेला आयोजना गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै परिषद्ले नेपाली हस्तकला र उत्पादनहरुको प्रदर्शनी मेलाको उद्घाटन गरेको हो । ‘निर्यातको अभियान, समृद्ध नेपालको पहिचान’ भन्ने मूल नाराका साथ प्रदर्शनी मेलाको उद्घाटन गरिएको छ । उक्त मेलाको उद्घाटन गर्दै नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले  रसिया युक्रेनको युद्धपछि देशमा आर्थिक मन्दि भएको बताए । उनले रसिया युक्रेनको युद्धपछि देशमा निर्यातले धेरै नै कठिनाईहरु भोगिरहेको बताए । उनले उत्पादित वस्तु निर्यात बढाउन निजी क्षेत्र र सरकारले मिलेर काम गर्नुपर्ने बताए । उनले भने, ‘रसिया युक्रेनको युद्धपछि आयात निर्यात दुवैमा कठिनाई भएको छ । यो  युद्धले देशमा आर्थिक मन्दि बढि नै भएको देखिन्छ । अब हामीले सोच्ने बेला आएको छ । निर्यातलाई कसरी बढाउने र भावि कार्य योजना कसरी बनाउने  यसको लागि तयार रहनु पर्दछ । उत्पादित वस्तुको निर्यात बढाउन निजी क्षेत्र र सरकारले मिलेर काम गरे मात्र सम्भव छ, हामीहरुले कर बढी तिनुपर्ने, सरकारले  दिने सुविधाहरु पनि नपाइएको अवस्था छ । सकेसम्म डेढ खरबको  निर्यातलाई बढाएर  लगभग २ खरब हामीले पुर्याउनुपर्छ ।’ साथै, उनले उत्पादन गरेको वस्तुहरुको मूल्यको कर बढी भएको बताए । उनले उत्पादित वस्तुहरु अन्तर्राष्ट्रि बजारमा पुग्न नसक्दा निर्यात घट्दै गैइरहेको बताए । यसैगरी, उक्त कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले सुस्ताएको नेपालको अर्थतन्त्र उत्पादित वस्तुहरुलाई निर्यात गरेर सकारात्मकतर्फ अगाडि बढाउन सकिने बताए । उनले बाहिरबाट आयातित केही वस्तु हटाए मात्र नेपालको उत्पादित वस्तु निर्यात हुने बताए । उनले भने, ‘सुस्ताएको नेपालको अर्थतन्त्र उत्पादित वस्तुहरुलाई निर्यात गरेर सकारात्मकतर्फ अगाडि बढाउन सकिन्छ । बाहिरबाट आयातित केही वस्तु हटाए मात्र नेपालको उत्पादित वस्तु करिव ५०÷६० अरबको निर्यात हुन सक्छ ।’ 

Photos-(2)-(4)-1735902605.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार