एकिकृत समाजवादीले प्रथम गण्डकी प्रदेश अधिवेशन आगामी माघ २६ र २७ गते गर्ने

शुक्रबार, पुस १९, २०८१
मयुर प्लाई
Global Ime Bank

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले प्रथम गण्डकी प्रदेश अधिवेशन आगामी माघ २६ र २७ गते गर्ने भएको  छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एकिकृत समाजवादीले प्रथम गण्डकी प्रदेश अधिवेशन पोखरामा गर्ने जानकारी दिएको हो । महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्धघाटन गर्ने कार्यक्रम छ ।
अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ४५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुनेछन् । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पीडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३ प्रतिनिधि छानिँदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिँदा १ जना उत्पीडित समुदायबाट अनिवार्य गरिएको छ ।
यससँगै प्रत्येक जिल्लाबाट एकजना मजदुर अनिवार्य रूपमा छानिने छन् । यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिका अलावा ५० जना स्वयमसेवक र आयोजक गरी प्रदेश अधिवेशनमा ६०० जनाको सहभागिता रहनेछ ।

Photo-(2)-(44)-1735913100.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार