सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । ताल्चा–गमगढी सडकमा कालोपत्रे र ढुंगेधारमा बेलिब्रिज निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको बहुवर्षीय आयोजना मध्ये मुगुका दुई छायाँनाथ रारा नगरपालिकाको ताल्चा–गमगढी सडक कालोपत्रे र मुगम कार्मारोङ गाउँपालिका ढुङ्गेधारा बेलिब्रिज निर्माण हुन लागेको हो । नाग्मा–गमगढी सडक खण्डको स्तरोन्नति पनि आउँदो आर्थिक वर्षबाट अघि बढ्ने छ । बजेट अभावका कारण लक्ष्य अनुसारको गति लिन नसकेको गमगढी—नाक्चेलाग्न सडक खण्ड हाल सम्म १६ किलोमिटर निर्माण भएको छ । उक्त सडक गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिका–८ माग्री डाँडा सम्म मात्र निर्माण भएको भएपनि नाक्चेलाग्नासम्म पुग्न ७७ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ ।