ललितपुर महानगर वडा नंं. २७ मा समूह व्यवस्थापनसम्बन्धी अन्तरक्रिया सम्पन्न 

महिला समूहका सहभागीले भने, ‘पूँजी दिनुस्, उद्यम गर्छौँ’
शनिबार, पुस २०, २०८१
मयुर प्लाई
Global Ime Bank

सुनाकोठी (ललितपुर) ललितपुर महानगरपालिका वडा नंं.२७ले वडामा रहेका महिला समूहलाई समूह व्यवस्थापनसम्बन्धी सीप सिकाउन महिला समूह व्यवस्थापन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । महानगरको २७ नं. वडामा २५ वटा महिला समूह छन् । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले महिला लक्षित धेरै तालिमहरू सञ्चालन गरेको बताए । तालिम लिएका दिदीबहिनीलाई तालिमको प्रमाण पत्रको सदुपयोग गर्न अनुरोध गर्दै उनले भने, ‘व्यवसाय सञ्चालन गर्न महानगरले बीउ पूँजी दिन्छ, प्रस्ताव लिएर महानगर आउनुस् , म रातो कार्पेट ओछ्याएर स्वागत गर्छु ।’ महानगरले सम्पदा, वातावरण संरक्षणलगायतको क्षेत्रमा धेरै काम गरेको बताउँदै उनले महिलालाई उद्यमी बन्न अनुरोध गरे । 

samu-1735992625.jpg
नगर प्रमुख महर्जनले ललितपुर महानगरका वडाअध्यक्ष एक जना पनि महिला नभएको बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २-३ जना महिला वडा अध्यक्षको रुपमा आउन अनुरोध गरे । 
महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले वडा नंं.२७ मा रहेका महिला समूह सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै समूहलाई उद्यम र उत्पादनसँग जोड्नु अत्यावश्यक भएको बताइन् । कतिपय काम एक्लै गर्न नसकिने हुँदा समूहको आवश्यकता पर्ने धारणा राख्दै समूहले बचतसँगसँगै सीपको सदुपयोग गर्न कार्यक्रम सञ्चालन गनुृपर्ने धारणा राखिन् । उनले भनिन् ,‘महिलाहरु घरको काममा धेरै व्यस्त हुनुहुन्छ, एक छिन पनि फुर्सद हुँदैन, तर आर्थिक पाटोमा कमजोर नै देखिन्छ,  त्यसैले आर्थिक उपार्जनलाई प्राथमिकता दिएर समूहहरुले काम गर्नुपर्छ  अब ।’

Manjali-1735992625.jpg
वडा नंं. २७ का वडाअध्यक्ष कृष्णहरि महर्जनले  महिला समूहलाई व्यवस्थित बनाउने तरीका र ज्ञान सिकाउन यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।  
समूहमा बस्ने कोही पनि ठूलो सानो नभएको बताउँदै उनले भने, ‘प्राविधिक कुरा मिलाउन अध्यक्ष, उपाध्यक्ष भन्नु परेको हो, नत्र सबै समान हो ।’ पदमा को ठूलो, को सानो भन्नु भन्दा आफ्नो क्षमता बढाउनतर्फ सबै महिला दिदीबहिनीलाई अग्रसर हुन उनले अनुरोध गरे । सुनाकोठीका महिला दिदीबहिनीमा माया, सद्भावले आफू वडाको अध्यक्ष पदमा निर्वाचित हुन सफल भएको बताउँदै वडाअध्यक्ष महर्जनले भने, ‘ हामी धेरै जना थियौं, तपाईहरुले छानेर मलाई यहाँ पु¥याउनुभयो, तपाईंहरुले मलाई अध्यक्ष नबनाउनु भएको भए म कहाँ यस्तो हुन्थे र ।’

sabi-1735992635.jpg
वडा नंं.२७ की महिला वडा सदस्य रामदेवी महर्जनले समूहमा शक्ति हुने बताउँदै महिला समूहले जटिल लागेका काम पनि सजिलै गरेको बताइन् । महिला समूहको क्षमता अभिवृद्धिका लागि यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारिन् । 
वडा नं. २७ का सदस्य निरोज महर्जनले वडाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेको बताए । बालबालिकाको लागि टेबुलटेनिस खेल खेल्ने व्यवस्था मिलाएको बताउँदै पुस्तकालयलाई प्रविधिसँग जोडेको उनले बताए । सेनेटरी प्याड ,ढाकाको कपडा बुन्ने सम्बन्धी तालिम वडाले छिट्टै सुरु गर्न लागेको जानकारी पनि त्यस अवसरमा उनले दिए ।

samuha-1735992631.jpg
वडा नंं. २७ का अर्का वडासदस्य श्याम महर्जनले महिला समूहले महिलालाई आत्मनिर्भर बनाएको बताए । महिला, बालबालिका, अपाङगता र ज्येष्ठ नागरिकको विषयलाई वडाले प्राथमिकतामा राखेको सुनाए । फरक प्रसंगमा उनले भने, ‘बस्ती विकास भएसँगै खानेपानी वितरण र पाइप सुढृणीकरणलाई थप प्रभावकारी बनाउनु आवश्यक छ ।’ वितरण प्रणाली र चुवाहटका कारण सबै ठाउँमा समान वितरण नभएको उनको भनाई थियो । 
मानवअधिकारका लागि एकल महिला समूहकी केन्द्रिय सदस्य सविता महर्जन ललितपुर महानगर र ललितपुर जिल्लाबासीसहित महिला दिदीबहिनीको मायाले महिलाको मुद्दा उठाउन र एकल महिलाको अधिकारको बारेमा काम गर्न आफू सफल भएको बताइन् । प्रशिक्षक सुमिरा श्रेष्ठले महिला समूह व्यवस्थापनमा धेरै विषय समेटिएको बताउँदै समूहको सक्रियता र नयाँ कुरा सिक्ने चाहना महत्वपूर्ण भएको बताइन् ।  कार्यक्रममा सहभागी समूहका महिलाले पूँजीको व्यवस्था भए आफूहरु उद्यम गर्न तयार रहेको बताएका थिए ।

lmc-1-1735992638.jpg
lmc-1735992640.jpg
pad-1735992633.jpg
Mahila-1735992629.jpg
samu-1735992625.jpg
 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार