सत्तापक्षकै सदस्यद्धारा बजेटप्रति असन्तुष्टि

बुधबार, असार ९, २०७८
मयुर प्लाई
Global Ime Bank

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८ ÷०७९का लागि ल्याएको बजेट प्रति सत्तापक्षका प्रदेश सभा सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको बैठकमा बजेटबारे भएको छलफलमा भाग लिने सत्तापक्ष नेकपा एमालेका सदस्यले बजेट नीति कार्यक्रम र उद्येश्य अनुसार नआएको, असमान र असन्तुलित ढङ्गले बजेट बाँडफाँड गरिएको, समेट्नु पर्ने धेरै विषय नसमेटिएको भन्दै बजेट परिमार्जन गर्न ध्यानाकर्षण गराए । असन्तुष्टि व्यक्त गर्ने सत्तापक्षका सदस्यमा कृष्णराज सुवेदी,सुशीला बुढाथोकी,कुलबीर चौधरी र बलबहादुर सोडारी थिए । छलफलमा सत्तापक्षकै दुर्गाकुमारी कामी र शान्ति नेपालीले पनि भाग लिएका थिए । प्रतिपक्ष नेपाली कांग्रेसका प्रदेश सदस्य भरतबहादुर खड्काले विधि, पद्धति र प्रणालीलाई मिचेर बजेट ल्याइएको भन्दै यो बजेट सन्तुलित र न्यायोचित पनि नभएको बताए ।  
प्रतिपक्षी दलकै प्रदेश सभा सदस्य देवराज पाठक, दिव्यश्वरी शाह र गोविन्दराज बोहराले नीति, कार्यक्रम अनुसार बजेट नआएको, ल्याइएको बजेटले सदन र सदस्यहरूलाई अपमान गरेको, समानुपातिक सदस्यलाई बजेट बाँडफाँडमा विभेद गरिएको भन्दै छलफल गरेर सच्याउन माग गरे ।सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश सभामा बजेट माथिको छलफल जारी छ ।

धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८१ करोडको बजेट

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि. एक अर्व ८१ करोड २८ लाख २२ हजारको बजेट सातौ नगरसभामा पेश गरेको छ । उपमहानगरपालिकाको सातौं नगरसभामा उपप्रमुख सुशिला मिश्र भट्टले उक्त बजेट पेश गरेकी हुन् । त्योमध्ये चालुतर्फ रु. एक अर्ब दुई करोड ८० लाख ७० हजार र पुँजीगत तर्फ रु.७८ करोड ४७ लाख ५१ हजार रहेको छ ।
बजेट तथा कार्यक्रमले कोभिड– १९ बाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दीगो विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ । कृषितर्फ किसानलाई प्रोत्साहन गर्न किसान क्रेडिट कार्यको व्यवस्था गर्ने, सामुदायिक वनमा जडिबुटी खेती, कृषक पहिचान तथा परिचयपत्र, कृषि बजार मूल्य सूचना प्रणालीको व्यवस्था गरिने नीति लिएको छ ।  पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, तालतलैयाहरूको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम रहेका छन् । सामाजिक विकासतर्फ वालबालिका किशोर किशोरीसँग उपमेयर कार्यक्रम, मेयर, उपमेयर कल्याणकारी छात्रवृत्ति, उत्कृष्ट शिक्षक सम्मान, बालविकास शिक्षक, सामुदायिक सिकाई केन्द्रका कर्मचारीलाई केन्द्रले तोकेको तलवमा अपुग रकम थप गर्ने नीति लिएको छ । 
त्यसैगरी, पूर्वाधार, स्वास्थ्य, सुशासन तथा संस्थागत विकास, कानूनी मामिला तथा न्यायिक निरूपण लगायतका क्षेत्रहरूलाई समेट्ने गरी नीति तर्जुमा गरेको छ ।  नगरप्रमुख नृपबहादुर वडले सीमित स्रोत साधनका बीच सबै क्षेत्रलाई समेटेर नीति, कार्यक्रम तथा बजेट ल्याएको जानकारी दिए ।  उपप्रमुख भट्टले निकै मेहनतसाथ स्थानीय तहले अवलम्वन गर्ने सबै प्रक्रिया पुरा गरेर नगरवासीका मागलाई स्रोत साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको बताइन् । 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार