सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललिपतुर) । ललितपुर महानगरपालिका २४ नं. वडामा रहेको सेता भैरव माँ पुचः ले आफ्नौ तेस्रो वार्षिक साधारण सभा हिजो शनिबार सम्पन्न गरेको छ । सेता भैरव मन्दिर परिसरमा समूहकी अध्यक्ष नन्देश्वरी डंगोलको सभापतित्वमा आयोजित साधारण सभामा प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जङग पाण्डे रहनु भएको थियो । साधारण सभामा वडा सदस्यद्धय निशा मालबुल तथा उद्धब बस्नेत विशेष अतिथिका रुपमा सहभागी हुनु भएको थियो । 'जहाँ महिला, त्यहाँ विकासका पाइला' भन्ने नारा बोकेर स्थापना गरिएको माँ पुचः समूहका सदस्यबीच आपसी सहयोग, सदभाव, आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्य लिएको छ । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलमा २०७८ ०७९ मा साविक धापाखेल ४ नं. वडामा बसोबास गर्ने महिलाहरुको भेला तथा सक्रियतामा स्थापना भई महानगरको समाजकल्याण महाशाखामा दर्ता गरिएको छ ।
धापाखेलको सान धार्मिक एवम् पर्यटकीय स्थल नागदहमा नाग पञ्चमी, ऋषि पञ्चमी सप्तऋषि मेलामा समूहका सदस्यहरु स्वयम् सेवकका रुपमा परिचालन गरी सहयोग गरेको समूहले समूहले आ.व २०८० ०८१ मा वडा कार्यालयको सहयोगमा समूहका सदस्यलाई अचार बनाउने व्यवसायिक तालिम दिएको, समूहकै आयोजनामां समूह व्यवस्थापन तालिम, आफ्नो गाउँ आफैं सफा गरौ भन्ने उद्देश्यले टोल सरसफाई कार्यक्रम सञ्चालन, बुद्ध जयन्तीको अवसरमा बुद्ध विहारले आयोजना गरेको कार्यक्रममा सहभागिता, भिक्षुहरुलाई कठिन दान कार्यक्रममा सहभागिता जनाएको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । गुलाँ पर्वका अवसरमा धापाखेल बुद्ध विहार तथा माँ पुचःको संयुक्त आयोजनामा विभिन्न बौद्ध धर्मस्थलहरुको भ्रमण कार्यक्रम तथा धापाखेल बुद्ध विहारले आयोजना गरेको भिक्षाटन कार्यक्रम सञ्चालन तथा सहभागिता जनाएका अध्यक्ष नन्देश्वरी डंगोलले पेश गरेको समूहको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
माँ पुचःले वडा कार्यालयको सहयोगमा सदस्यहरुलाई शिपमूलक तथा व्यवसायिक तालिमहरु सञ्चालन गर्ने, परम्परा तथा संस्कृतिलाई जोगाइ राख्नका लागि स्थानीय चाडपर्व, मेला तथा जात्राहरुमा समूहको सक्रिय सहभागितालाई निरन्तरता दिने, वडा कार्यालको समन्वय तथा सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गर्ने, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु ल्याउने तथा टोल सरसफाई कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्ने समूहका सदस्यहरुलाई पर्व तथा मेला अनुसार विभिन्न धार्मिक स्थलहरुको भ्रमण गराउने भावी योजना बनाएको छ । साधारण सभामा प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जंग पाण्डेले माँ पुचःले स्वास्थ्यका कार्यक्रम राखेकोमा धन्यावाद दिनुभयो । उहाँले वडा कार्यालको समन्वय तथा सहयोगमा रक्तदान कार्यक्रम गर्ने समूहको भावी योजनालाई कार्यान्वयन गर्न वडा कार्यालयको समन्वयमा हुने दुईवटा रक्तदान मध्ये एउटा माँ पुचः लाई दिने घोषणा गर्नुभयो । वडा कार्याललय सेता भैरव मन्दिरलाई उच्च प्रागमिकतामा राखेको जानकारी दिँदै वडा कार्यालयकै अगुवाईमा मन्दिरलाई थप व्यवस्थित बनाउन नगर स्तरीय बजेट (सम्पदातर्फ) ४० लाख चालु आर्थिक वर्षकै लागि विनियोजित गरिएको जनाउनुभयो । महानगर प्रमुच चिरीबाबु महर्जनले मन्दिरमा तामाको पाता राख्न सहयोग गरेको स्मरण गर्दै वडाअध्यक्ष पाण्डेले नगरस्तरीय बजेट कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भइसकेको जनाउनुभयो । कुनै पनि संघ संस्था तथा समूहहरुको सफलता असफलता त्यहाँ भित्रको आर्थिक पारदर्शीतामा निर्भर रहने भन्दै आर्थिक पारदर्शीता कामय राख्न समूह सदस्यहरुलाई उहाँले सुझाव पनि दिनुभयो । माँ पुचःकी सचिव सुशिला थापा (मजर्हन) ले सञ्चालन गरेको वार्षिक साधारण सभामा कोषाध्यक्ष सविता महर्जन(श्रेष्ठ)ले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।