सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयसँगको सहकार्यमा प्रहरी प्रभाग धापाखेल तथा प्रहरी बृत्त सातदोबाटोको आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । लपुमनपा २४ नं. वडाका वडाअध्यक्ष दिनेश जङग पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व प्रहरी बृत्त सातदोबाटोका प्रमुख डिएसपी चित्रबहादुर भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा टोल विकास समितिका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, युवा तथा महिलाहरूको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले प्रहरीलाई रात्रि गस्ती बढाउन अनुरोध गर्दै लागू पदार्थको दुब्र्यशनी सम्बन्धी समस्यामा चनाखो भइदिन आग्रह गरेका थिए । अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष पाण्डेसहित जनप्रतिनिधिहरू इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेतको सहभागिता रहेको थियो । प्रहरी सामुदायिक प्रहरी वृत तिखिदेवकी प्रमुख सई फुल कुमारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रहरी बृत्त सातदोबाटोकी सइ सरिता भण्डारीले सहभागीलाई स्वागत गर्र्द कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रहरी प्रभाग धापाखेलका प्रमुख असइ राम बिष्टसहित प्रहरी कर्मचारी, सातदोबाटोका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट वडाअध्यक्ष दिनेश जङग पाण्डेले वडा कार्यालयले सबै पक्षको सहभागितामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जनाउँदै अन्तरक्रियामार्फत शान्ति सुरक्षाका लागि नेपाल प्रहरीकातर्फबाट भएका गतिविधिको समीक्षा गर्नुका साथै थप कार्यक्रम सञ्चालन गर्न सुझाव आएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले वडा कार्यालयले सग्दो सहयोग गरिरहेको जनाउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभयो । धापाखेल मूल सडक विस्तारको काम भइरहेको जनाउँदै उहाँले बाटो फराकिलो भएसँगै दुर्घटना हुन सक्ने खतरा रहेकोले ट्राफिक प्रहरी तथा आवश्यक स्थानमा मिररको व्यवस्थापनतर्फ पनि वडा कार्यालयले पहल गर्ने उल्लेख गर्नुभयो ।
शान्ति सुरक्षाकै लागि धापाखेलका महत्वपूर्ण स्थलहरूमा सिसि क्यामेरा जडान गरिएको जानकारी दिँदै उहाँले सिसि क्यामेरा अवलोकन–अनुगमनका लागि प्रहरी प्रभाग धापाखेललाई पनि आइडि उपलब्ध गराउने बताउनुभयो । कार्यक्रमका सभापति प्रहरी बृत्त सातदोबाटोका प्रमुख डिएसपी चित्रबहादुर भट्टराईले शान्ति सुरक्षाका लागि भइरहेको गतिविधिबारे जानकारी गराउँदै प्रहरीले गरेका राम्रा–नराम्रा काम औल्याइँदिनु भएकोमा सहभागीलाई धन्यावद दिनु भएको थियो । सिमित स्रोत साधनबाटै आफूहरूले गस्तीसहित शान्ति सुरक्षा दिइरहेको औल्याउँदै आगमी दिनमा पनि स्थानीय तहसँगको समन्वयमा ती कार्य निरन्तर गरिरहने बताउनुभयो ।