सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई सुगर र प्रेसरको निःशुल्क औषधि वितरण गरेको छ । यो औषधि आर्थिक वर्ष २०८१–२०८२ को माघ, फागुन र चैत महिनाका लागि हो । वडा नं. २३ कार्यालयले आव २०८०–८१ देखि ६८ वर्ष पुगेका स्थायी बासिन्दालाई सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गर्न थालेको हो । वडा कार्यालयले सामाजिक विकास क्षेत्रको स्वास्थ्य तथा पोषण उपक्षेत्रको ‘ज्येष्ट नागरिक स्वास्थ्य जाँच तथा औषधि वितरण’ शीर्षकमार्फत निःशुल्क औषधि वितरण गरेको हो ।
वडा कार्यालयले शनिबार ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा एकल महिलालाई ३ महिनालाई पुग्ने गरी सुगर र प्रेसरको निःशुल्क औषधि वितरण गरेको छ । वडा नं. २३ कार्यालयले आव २०८०–८१ देखि ६८ वर्ष पुगेका स्थायी बासिन्दालाई सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गर्न थालेको हो । यो वर्षदेखि एकल महिलालाई पनि औषधि वितरण सुरु गरिएको छ । वडा कार्यालयमा १४६ जना ज्येष्ठ नागरिक तथा एकल महिलाले सुगर र प्रेसरकाे औषधि लिन निवेदन दिएका थिए । ज्येष्ठ नागरिक तथा एकल महिलालाई फार्मसिस्ट विवेक तिमिल्सिनाको रोहबरमा निःशुल्क औषधि वितरण गरिएको हो । निःशुल्क औषधिका लागि वडा कार्यालयमा निवेदन दिएका १४ जनालाई इन्सुलिनसहितको औषधि उपलव्ध गराइएको छ । औषधि वितरण कार्यक्रमको सुरुवात वडाअध्यक्ष जीवन महर्जनले गर्नु भएको थियो । वडाअध्यक्ष महर्जनलाई वडासदस्य किरण खड्का, सानुमाया विक, सामाजिक परिचालक सावित्रा गौतम, कार्यलय सहयोगी मनिषा महर्जनले साथ दिनु भएको थियो । निःशुल्क औषधि लिन आएका ज्येष्ठ नागरिकहरूले वडाका जनप्रतिनिधिलाई धन्यवाद दिँदै भविष्यमा पनि स्वास्थ्यका अझ धेरै कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।