सार्वजनिक यातायातको भाडा वृद्धि

सोमबार, पुस २२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौंं । यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ ।विभागका अनुसार अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको हो । यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको विभागले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार