कुलमानसँग ऊर्जा मन्त्रालयले फेरि सोध्यो स्पष्टीकरण

सोमबार, पुस २२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग फेरि स्पष्टीकरण सोधेको छ। मन्त्रालयले सोमबार (पुस २२) मा ७ दिनको म्याद दिएर कुलमानलाई स्पष्टीकरण दिन पत्राचार गरेको हो ।  कांग्रेस नेता दीपक खड्का ऊर्जामन्त्रीका रुपमा आएपछि स्पष्टीकरण सोधिएको यो तेस्रोपटक हो । यद्यपि, यसअघि विभिन्न प्रश्नहरू सोधी विवरण माग गरिएको थियो भने यसपालि स्पष्टीकरण नै भनिएको छ । मन्त्रालय स्रोतका अनुसार, उनीमाथि माग गरिएका विवरण उपलब्ध नगराएको, गोलमटोल जवाफ दिएको र कार्यसम्पादन सम्झौताअनुसार काम गर्न नसकेको लगायत आरोप पत्रमा लगाइएको छ ।  मन्त्रालयका सचिव सुरेश आचार्यले लेखेको पत्रमा ९ वटा बुँदामा प्रश्न सोधी कुलमानसँग जवाफ मागिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार