तिब्बतको दिङ्ग्ये काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प

चीन, नेपाल, भारत, बंगलादेश, भुटानसम्म धक्का
मंगलबार, पुस २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको सिगात्सेबाट २८ किलोमिटरको दूरीमा रहेको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु दिङ्ग्ये काउन्टी आसपासमा रहेको थियो । भूकम्पले तिब्बतको दक्षिणी क्षेत्रमा ठूलो धक्का दिएको छ, जसले आसपासका जिल्लामा समेत असर पारेको छ । उच्च म्याग्निच्युडका कारण ठूलो क्षतिको सम्भावना रहेकोले छ ।  हालसम्म ठूला क्षति वा घाइतेको विस्तृत विवरण उपलब्ध भएको छैन । अधिकारीहरूले थप पराकम्पहरू आउन सक्ने चेतावनी दिएका छन् । नागरिकलाई आपत्कालीन तयारी गर्न सल्लाह दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार