नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

मंगलबार, पुस २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा त्यस क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलबार बिहान काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भूकम्पको धक्का महसुस भएको थियो । यो भूकम्पको धक्का चीनसहित नेपाल, भारत, बंगलादेश तथा भुटानसम्म महसुस गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार