बंगलादेशकी नेतृ खालिद जिया लन्डन जाँदै, कतारले पठायाे एअर एम्बुलेन्स

मंगलबार, पुस २३, २०८१
मयुर प्लाई
Global Ime Bank

ढाका । बगंलादेश नेशनल पार्टीका अध्यक्ष खालिदा जिया मंगलबार राति १० बजे लण्डन प्रस्थान गर्ने भएकी छन् । कतारका अमिर तमिम बिन हमाद अल थानीले उपलब्ध गराएको एयर एम्बुलेन्समार्फत उनी उपचारका लागि लन्डन प्रस्थान गर्न लागेकी हुन् । जसका लागि  कतारले पठाएको एयर एम्बुलेन्स सोमबार साँझ ढाका आइसकेको छ । सोमबार गुलसनस्थित बिएनपी अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिएनपी स्थायी समिति सदस्य तथा खालिदा जियाका निजी चिकित्सक डा. एजेडएम जाहिद हुसेनले सो जानकारी दिएका हुन् । डा. जाहिद हुसेनले लण्डन एयरपोर्टबाट खालिदा जियालाई सिधै अस्पताल लगिने बताए । चिकित्सक टोलीसँग प्रारम्भिक परामर्श पछि उनको उपचारको लागि आगामी चरणहरू तय गरिनेछ । उनले भने, ‘लन्डन पुगेपछि उनलाई बीएनपीका कार्यवाहक अध्यक्ष र उनका छोरा तारिक रहमान, बुहारी जुबैदा रहमानले स्वागत गर्नेछन् । उनीहरूले उनलाई लन्डनको पुरानो र प्रतिष्ठित स्वास्थ्य सेवा सुविधा सम्पन्न अस्पतालमा लैजानेछन्, जहाँ उनलाई भर्ना गरिनेछ।’ जहाँ ण्त्यहाँका डाक्टरहरूले उनको अर्को चरणको उपचारका लागि परीक्षण गर्नेछन् र सिफारिसहरू दिनेछन्।डा.जाहिद हुसेनले पनि खालिदा जियाको यात्रामा मेडिकल बोर्डका छ जना डाक्टर र अन्य अधिकारीहरु साथमा आउने बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार