भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आह्वान

मंगलबार, पुस २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन । केही दिन यतादेखि नेपालमा लगातार भूकम्प गइरहेकोले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।  ‘हिजोआज विभिन्न भागमा साना–ठूला भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आब्हान गरे । मंगलबार बिहान ६ः५० बजे पनि काठमाडौं लगायत नेपालका विभिन्न भागमा भूकम्पको ठूलो धक्का महसुस भएको छ । नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौंसहित दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायतका क्षेत्रमा ठूलो धक्का महसुस भएको थियो । भूकम्पको धक्का कोशी तथा मधेस प्रदेशमा पनि महसुस भएको छ । चीनको तिब्बत तथा भारतको सिक्किममा समेत भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार भूकम्प ७ म्याग्निच्युड भन्दा बढीको गएको प्रारम्भिक रेकर्डले देखाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार