सुनको मूल्य स्थिर,चाँदीको मूल्यमा बृद्धि

मंगलबार, पुस २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । आज(मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ।  महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार