मधेश प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस

मंगलबार, पुस २३, २०८१
मयुर प्लाई
Global Ime Bank

गौर । मधेश प्रदेशका आठ वटा जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । रौतहट सहित बारा, पर्सा, सलाही , महोतरी , धनुषा , सिरहा र सप्तरी जिल्लामा मंगलबार बिहान ६ बजेर ५२ मिनेटमा  भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का महसुस भएपछि यी जिल्लाका मानिसहरु घर बाहिर निस्केका थिए । केहि बेरसम्म भूकम्पको कम्पन महसुस गरिएको चन्द्रनिगाहपुरका अशोक कोइरालाले बताए । उनका अनुसार भूकम्पको धक्का निकै समय सम्म भएपनि वरपर कहिँ कतै क्षति भएको छैन । यता भूकम्पको धक्का महसुस भएपछि बारामा १० विद्यार्थीहरू बेहोस भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । उनीहरू डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए । मधेश प्रदेशका अन्य जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको भए पनि  मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार  ६.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार