सोसल मिडिया
Contact Us
युनिकोड
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको पवईस्थित हिरानन्दानी अस्पतालमा ६ महिनाकी बालिकामा उक्त भाइरसको संक्रमण देखिएको हो। ती बालिकालाई जनवरी १ मा गम्भीर खोकी, छाती दुख्ने र अक्सिजनको मात्रा ८४ प्रतिशतमा झरेको देखेर अस्पताल भर्ना गरिएको थियो। यद्यपि अहिले उनी निको भइसकेकी छन्। मुम्बईमा यो भाइरसको पहिलो केस हो। यसअघि मंगलबार महाराष्ट्रका नागपुरमा २ घटना रिपोर्ट गरिएको थियो। यहाँ एक १३ वर्षीया बालिका र ७ वर्षका बालक संक्रमित भेटिए पनि अस्पताल भर्ना गर्नुपरेको छैन। उपचारपछि उनीहरूको अवस्था नियन्त्रणमा छ। मुम्बईमा यो भाइरसको पहिलो केस हो। यसअघि मंगलबार महाराष्ट्रका नागपुरमा २ घटना रिपोर्ट गरिएको थियो। यहाँ एक १३ वर्षीया बालिका र ७ वर्षका बालक संक्रमित भेटिए पनि अस्पताल भर्ना गर्नुपरेको छैन। उपचारपछि उनीहरूको अवस्था नियन्त्रणमा छ। भारतमा एचएमपीभीको संक्रमितको संख्या ९ पुगेको छ। महाराष्ट्रमा दुईवटा केस फेला परेको एक दिनअघि कर्नाटक र तमिलनाडुमा २/२, पश्चिम बंगाल र गुजरातमा एक-एक केससहित कूल ६ जनामा भाइरसको संक्रमण देखिएको थियो। तीमध्ये अधिकांश बालबालिका छन्। केन्द्र सरकारले राज्यहरूलाई 'इन्फ्लुएन्जाजस्तो रोग' र 'गम्भीर तीव्र श्वसन समस्या'जस्ता श्वासप्रश्वाससम्बन्धी रोगप्रति निगरानी बढाउन र एचएमपीभीबारे सचेतना फैलाउन निर्देशन दिएको छ। चार राज्यमा संक्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो कुनै नयाँ भाइरस नभएको र सरकारले स्थितिमा नजर राखेको बताएका थिए। डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।