रास्वपाका कार्यकर्ताद्धारा निषेधित क्षेत्रमा नाराबाजी 

बुधबार, पुस २४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आज पनि निषेधित क्षेत्र तोड्दै पोखराको शहिदचोकस्थित शहिद पार्कभित्रबाट नाराबाजी गरेका छन् । पार्टी सभापति रबि लामछिानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।  उनीहरुले लामिछानेलाई मंगलबार पनि अदालतबाट प्रहरी हिरासतमा फिर्ता लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा र कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।  

Photo-(4)-(30)-1736344251.jpg
आज पनि रास्वपाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्न सक्ने कुरालाई ध्यानमा राखेर प्रहरीले निषेधित क्षेत्र प्रवेशमा कडाइ गरेको थियो ।  निषेधित क्षेत्र प्रवेश गर्न चाहने, पत्रकार संचारकर्मी,  कानुन ब्यबसायी र कर्मचारीलाई परिचय पत्र देखाउन अनिबार्य गरिएको थियो । यद्यापी निषेधित क्षेत्रभित्र नै पर्ने शहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले रबि लामिछानेलाई प्रहरी हिरासतमा फर्काउँदै गर्दा नाराबाजी गरेका थिए ।  त्यस अघि प्रहरीले पार्कभित्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई पार्कभित्रबाट हटाउने प्रयास गरेको थियो तर रास्वपाका नेता तथा कार्यकर्ताहरुले विरोध गरेका थिए ।  
यसैबीच प्राप्त जानकारीअनुसार,  सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ ।  अन्य प्रतिबादीहरुको थुनछेक बहस सकिएको र बिहिबार जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट प्रत्युत्तर आएपछि. बिहिबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तमप्रसाद पौडेलले बिहिबार साँझसम्म आफ्नो पार्टी सभापति हिरासतमुक्त हुने दाबी गरे ।

Photo-(2)-(46)-1736344250.jpg
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार