बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

बुधबार, पुस २४, २०८१
मयुर प्लाई
Global Ime Bank

बारा । बाक्लो हुस्सुका कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएका छन् ।  सिमरा–काठमाडौं उडानको लागि  २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । सिमरा विमानस्थलका प्रमुख बिष्णुप्रसाद अधिकारीका अनुसार पुसको दोस्रो सातादेखि नियमित उडानहरू प्रभावित भएका छन् । 
मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (बुधबार ) पनि उडान प्रभावित भएको उनले जानकारी दिए । मौसमको कारणले पुस र माघको महिनामा तोकिएको समयमा उडान गर्न नसकिने उनको भनाइ छ । सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतिले २ उडान भर्दै आएका छन् । 
सिमरा विमानस्थलबाट काठमाडौंका लागि  दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेको छ । रौतहटसहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सो विमानस्थलबाट सिमरा काठमाडौं आवतजावत गर्ने गर्दछन् ।

Photo2-(3)-1736345061.jpg
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार