मन्त्रालयगत नीति निर्माणमा पर्यटन मन्त्रीको सक्रियता, एमाले र कांग्रेसले जनाए ऐक्यवद्वता 

बिहीबार, पुस २५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति निर्माणमा सक्रियता देखाएका छन् । बुधबार भएको छलफलका क्रममा उनले कानुनी शासनको बाटोमा डोर्याउन मौजुुदा नीतिहरू प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानुन परिमार्जन, संशोधन र पुनः निर्माण कार्यलाई तिब्रता दिएको बताए ।  यसैबीच मन्त्री पाण्डेको सक्रियतामा हाल पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम चरणका लागि छलफल जारी रहेको छ । उनले भने, ‘शासकीय स्वरूप परिवर्तन भएपनि पूरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न सकेका छैनन् । तीनिहरूलाई व्यस्थित र निर्देशित दिने काम नीतिले नै गर्ने गर्छ।पुराना ऐन संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन् ।’
उनले नीतिगत रूपमा कहाँ त्रुटी छन् त्यसको पहिचान गरि राजनीतिक दलको सक्रिय सहभागीता र सुझावका आधारमा अन्तिम रूप दिने काम भईरहेको बताए ।  त्यसैगरी पर्यटन नीति २०८१ को मस्यौदा निर्माणमा सहभागीता जनाउँदै नेकपा एमालेका महासचिव शंकर पोखरलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यानदिनु पर्नेमा जोड दिए ।  
उनले भने, ‘सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनुपर्छ । नेपालको भविष्य पर्यटन क्षेत्रमा छ, यो हाम्रोलागि अवसर पनि हो, जलवायु परिवर्तनको विषय पनि ऐनमा समेटिनुपर्छ ।’  त्यस्तै पर्यटन नीतिको मस्यौदामा सहभागीता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐनलाई प्रतिस्तावित गर्दै नयाँ बन्ने नीतिले सिमाङ्कनमा ध्यान दिनुपर्ने बताए ।उनले भने, ‘नीति निर्माणको क्रम निरन्तरता हुनुपर्छ।पुराना कानुको पूनरावलोकन हुनैपर्छ ।नीति बनाउँदा सम्बन्धित अन्तरमन्त्रालयसँग समेत छलफल हुन जरुरी छ। पर्यकीय क्षेत्रमा सरकारभन्दा बढी नीजि क्षेत्र बढी सक्रिय र जिम्मेवार बन्न जरूरी छ ।’ महामन्त्री थापाले पर्यकीय क्षेत्रको विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे, खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु पर्नेमा समेत जोड दिए ।  पर्यटन नीतिको मस्यौदामा मन्त्री पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थि, मन्त्रालयका सचिव गणेश पाण्डेय पर्यटन विभागका कार्यकारी निर्देशक सहसचिव डा नारायण रेग्मी,पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीसहित विज्ञ र जानकारहरूले सक्रिय सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार