नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन

बिहीबार, पुस २५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिका लागि नयाँ ऊर्जा थपेको छ । श्रमिक, व्यवसायी, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो । मधेशी एकता समाजले सन् २०२१ मा स्थापनापछि हरेक वर्ष नयाँ कार्यसमितिको चयन गर्दै आएको परम्परालाई निरन्तरता दिएको छ । कार्यक्रमले रोशन मार्र्कसिस्टको नेतृत्वमा समाजको युएई च्याप्टरको नयाँ कार्यसमिति चयन गरेको छ ।  नयाँ कार्यसमितिको महासचिवमा एस के यादव, सहअध्यक्ष एवं प्रवक्तामा शैलेन्द्र राय,  अर्का सहअध्यक्षमा राम साह चयन भएका छन् । यस्तै एकता समाजको मधेशी व्यवसायी परिषद्को संयोजकमा कविन्द्र यादव र युवा संयोजकमा आदित्य अटललाई चयन गरिएको छ । त्यस अवसरमा एकता समाजका संस्थापक डा.रविन्द्र कुमार यादव र  अफजल हुसैन (गुलजार)लाई मधेशी समुदायमा उल्लेखनीय योगदान दिएकोमा विशेष सम्मान गरिएको थियो ।  त्यस्तै, व्यवसायीहरु कविन्द्र यादव, बिनेश यादव र गणेश पुर्बे तथा प्रमुख सल्लाहकार र संस्थापक सदस्यहरू मुकेश झा र तनवीर आलमलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । यस्तै, निवर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबार यादवलाई सफल नेतृत्वका लागि धन्यवाद दिइएको थियो । आफ्नो मन्तव्य राख्दै संस्थापक डा.रविन्द्र यादवले मधेशी एकता समाजको स्थापना, उद्देश्य र विगतका सफलताबारे प्रकाश पार्दै मधेशी समुदायलाई एकता र सामूहिक प्रगतिका लागि माथि उठ्न आह्वान गरे ।  डा.यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक मञ्चमा हालैको आफ्नो सहभागिता र काठमाडौंमा भएको एकता समाजको अन्तरक्रिया कार्यक्रमका बारेमा जानकारी गराए ।  उनले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र सुन्दर भविष्यका लागि मधेशी एकता समाजको सन्देश नयाँ पुस्तामा पुर्याउन जोड दिए । मधेशी एकता समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली मधेशी समुदायका लागि छाता संगठनको रूपमा कार्य गर्दै आएको छ । यसको गतिविधि हालसम्म विश्वका प्रायः सबै देशमा फैलिएको छ ।

WhatsApp-Image-2025-01-06-at-16.48.32-(1)-1736382614.jpeg
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार