सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । त्यस्तै सहकारी ठगीसम्बन्धी मुद्दाकै आरोपित पूर्वडीआइजी छविलाल जोशीलाई पनि अदालतले ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।