विमानस्थल सुचारु भएपछि टीकापुरमा सम्भावनाको ढोका खुलेको छ : मन्त्री पाण्डे  

बिहीबार, पुस २५, २०८१
मयुर प्लाई
Global Ime Bank

टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  बिहीबार सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव  २०८१ को समुद्घाटन समारोहमा सम्बोधन गर्दै उनले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
मन्त्री पाण्डेले लामो समयपछि पुन सुचारु भएको विमानस्थलले टीकापुरको सम्भावनाको ढोका खोलेको भन्दै टीकापुरमा अन्य सम्भावना पनि बढेको बताए ।  टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहको परिकल्पना अझै पूरा नभएको बताउँदै उनको परिकल्पना अनुसार टीकापुर बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । देशलाई स्थायित्व दिन नै दुई ठुला दल मिलेर सरकार निर्माण गरेको बताउँदै स्थायित्वले मात्र देशको विकास हुने पनि उनको भनाइ थियोे ।

Photo-(1)-(15)-1736429213.jpeg
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार