करेन्ट प्रवाह हुँदा टिपरमा क्षति, चालक घाइते

बिहीबार, पुस २५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । बिजुलीको उच्च करेन्ट प्रवाह हुँदा टिपरमा क्षति हुनका साथै एकजना घाइते भएका छन् । वृन्दावन नगरपालिका वडा नम्बर ४ स्थित एक क्रशर उद्योगमा ११ हजार भोल्टको हाइटेन्शन तारको करेन्ट प्रवाह हुँदा टिपरको अघिल्लो भागमा क्षति पुगेको छ । टिपर चालक भने गम्भीर घाइते भएका छन् । विद्युत प्रवाहको कारण टिपरमा आगलागी भइ पूर्णरूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेका अनुसार घटनामा चालक जयप्रकाश सहनी गम्भीर घाइते भएका छन् । उनलाई तत्कालै गरुडास्थित एक निजी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको उनले जानकारी दिए । विहीबार बिहान ८ बजे लु १ त २८४९ नम्बरको टिपरबाट बालुवा झार्ने क्रममा उच्च भोल्टेजको तारको चपेटामा परेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार