सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ । लिला पछाईको हकमा भने भोलिमात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ । काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले रवि भने तत्काल छुट्ने छैनन् ।
धरौटी बुझाएर तीन जना रिहा कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना रिहा भएका छन् । बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेशपछि तीनजना रिहा भएका हुन् । आदेशपछि सूर्यदर्शनका पूर्व सञ्चालक कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । कृष्ण गुरुङसँग एक लाख, मीना गुरुङसँग र आरती गुरुङसँग जनही पाँच लाख धरौटी माग भएको थियो । मीना गण्डकी प्रदेशसभाकी पूर्व प्रदेशसभा सदस्यसमेत हुन् । उनीहरुले सूर्यदर्शनबाट रकम अपचलन गरेको नदेखिएपछि उनीहरुको कार्यकालमा लगानी भई नउठेको ५४ लाख ऋणको सामूहिक दायित्व दाबी गर्दै पुस ७ गते मुद्दा दर्ता भएको थियो ।