सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ । जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले मागेको धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनी अदालतबाट छुटेपछि अस्पताल जाने छन् । पोखराकै फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई पार्टीको जिम्मा लगाउने तयारी प्रहरीको छ ।