सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्तको आदेश भएपछि समर्थकहरुले खुशीयाली मनाएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरुले खुशीयालीमा पोखरामा जुलुश समेत निकालेका छन् । समर्थकहरुले ‘यो जीत कसको जनताको, रवि दाइ हाइहाइ’ नारा लगाएका थिए । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनी धरौटी बुझाएपछि थुनामुक्त भएका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा छ । कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । थुनछेक बहस सकिएपछि बिहीबार आदेश आउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता अदालत परिसर पुगेका थिए ।