आयल निगमप्रतिको आम बुझाई सकारात्मक छैन : मन्त्री भण्डारी

शुक्रबार, पुस २६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेडप्रति आम बुझाइ नकरात्मक रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए । उनले भने,‘आज नेपाल आयल निगमप्रतिको आम बुझाइ के छ आममान्यता के छ ? मान्यता त्यति राम्रो देखिएको छैन् । यसले आजको अविभारा पूरा गर्ने दायित्व पुरा गर्ने अत्ति आवश्यक वस्तुको ढुवानी त्यसको व्यवस्थापन र व्यवसायिकतामा यसले सफलता पाएपनि बाहिर फरक किसिमबाट हेर्ने गरेको पाइन्छ । अझ चम्किलो पार्न नयाँ ढंगले सोच्नै पर्नेछ ।’ मन्त्री भण्डारीले जनशक्ति धेरै भएपनि संस्थाले माग मात्र गर्ने तर सोही अनुसारको काम भने नगरेको गुनासो गरे । संस्थाले विकास नगर्ने तर संस्थाबाट माग मात्र गर्ने, लाभ मात्र लिने कुराले संस्थाले कहिले प्रगति गर्ला भन्दै उनले प्रश्न गरे । उनले भने,‘यही जनशक्तिमा यो भन्दा धेरै काम गर्न सक्छौ । अझ भरपर्दो बनाउन सक्छौैं । तर त्यसमा पहलकदमी भएको देखिदैन् । संस्थाले विकास नगर्ने त्यो संस्थाबाट माग मात्र गर्ने लाभ मात्र लिने कुराले संस्थाले कहिले प्रगति गर्ला ?नौं तहभन्दा माथि छ । गणना गर्दा ओला भन्दा बढि सङ्ख्या छ । तर काम छैन् । निर्माणका सुधारका कामहरु थुप्रै छ तर त्यसमा पहल कदमी देखिएको छैन् ।’ आयल निगमले जे जति व्यवसाय गर्छ अहिले त्यसका विकल्पहरु आइसकेको भन्दै नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहने धारणा राखे । उनले भने, ‘आयल निगमले जे जति व्यवसाय गर्छ,अहिले त्यसका विकल्पहरु आइसकेका छन् । धेरै निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटट्नेक्रम चाँही रही रहन्छ ।’ मन्त्री भण्डारीले नयाँ ढंगले नसोच्ने निगम टिकिरहन नसक्ने बताए । आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए । आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ । आयल निगमले नयाँ नयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने मन्त्री भण्डारीले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार