सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एकीकृत समाजवादी निकटको कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्रीले निजामती ऐनको नाम बदल्न माग गरेका छन । संघीय निजामती सेवासम्वन्धी विधेयकमाथि शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राय प्रस्तुत गर्दै उनले यस्तो माग गरेका हुन् । ‘संघीय निजामती सेवा ऐनको नाम बदल्न सकिन्छ । सरकारी सेवा ऐन वा संघीय सेवा ऐन भन्न सकिन्छ,’ उनले समितिको बैठकमा बताए । निजामती ऐनको नामबाट ‘निजामती’ शब्द हटाउनुपर्ने उनको माग छ । सांसदहरूले पनि यस्तो माग गर्दै संशोधन प्रस्ताव राखेका थिए ।