सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयको नाम वन वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने प्रकृया अगाडि बढेको जानकारी दिएका छन् । शुक्रबार ललितपुरमा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले कानुनी सुधारमा वातावरण संरक्षण तथा जलवायु ऐन बनाउने कुरामा प्रक्रिया सुरु भएको, कार्बन व्यापारमा निजी क्षेत्र समेत संलग्न हुनेगरी नियमावली मन्त्रालयले तयार पारेको, स्वीडेन र नेपालबीच सम्झौता भइसकेको जानकारी गराए । उनले भने,‘कानुनी सुधारमा वातावरण संरक्षण तथा जलवायु ऐन बनाउने कुरामा प्रक्रिया सुरु भएको कार्बन व्यापारमा निजी क्षेत्रसहित समेत संलग्न हुनेगरी नियमावली मन्त्रालयले तयार पारेको स्वीडेन र नेपालबीच सम्झौता भइसकेको छ ।संस्थागत सुधारमा मन्त्रालयको नाम वन वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने प्रकृया अगाडिबढेको छ ।’ त्यस्तै उनले समग्र आर्थिक वृद्धिलाई वातावरणीय संरक्षणसँग सन्तुलनमा राखेर जलवायु परिवर्तनलाई सम्बोधनगर्दै जलवायु मैत्री विकास गर्न सम्भव रहेको बताए । उपलब्ध अवसरहरु र दक्ष प्रविधिको प्रयोग गरेर नेपालले अन्य देशहरुले गरेको जस्तै गल्ति नदोहोयाई स्वच्छ र दिगो बाटो अनुसरण गर्न सकिने विश्वास व्यक्त गरे ।