सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ६० टनभन्दा धेरै गह्रुँगो सामान बोकेर आएको गाडीका कारण पुल भाँचिएपछि दुम्कीबासस्थित विनयी खोलामा वैकल्पिक सडक निर्माण गरेर यातायात संचालन गरिएको छ । कपिलवस्तुस्थित कृष्णनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएको ६० टनभन्दा गह्रुँगो सामान बोकेको ट्रकका कारण विनयी खोलाको पुल शुक्रबार साँझ भाँच्चिएको थियो । ७४ चक्के भारतीय मालवहाक लरीले हेटौंडास्थित शिवओम सिमेन्ट उद्योगको सामान ल्याउँदै गर्दा पुल भाँचिएको हो । यसले बोकेको सामान ६० टनभन्दा धैरै गह्रुँगो थियो । अत्यधिक भार बोकेको मालबहाक ट्रक दाउन्ने पहाडको उकालो चढ्न नसकेपछि शुक्रबार दिउँसो दुई वटा डोजरले धकेलेर ल्याइएको थियो । पुलदेखि ४ सय मिटर पश्चिममा रहेको दुम्कीबास बजारबाट उत्तर सिजी सिमेन्टडाँडा चौर भएर होंसी सिमेन्ट चोकमा निस्कने गरफ डाइभर्सन सडक निर्माण गरेर शुक्रबार राति साढे ८ बजेबाट गाडी सञ्चालनमा ल्याइएको छ । राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाइएको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी जेसी शाहले जानकारी दिए । यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ ।
दुम्कीबासमा अविलम्ब यातायात सञ्चालन गराउन मन्त्रीको निर्देशन नारायणगढ–बुटवल सडकअन्तर्गत दुम्कीबासमा तुरुन्त यातायात सञ्चालन गराउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक विभागलाई निर्देशन दिएका थिए। पुल भाँचिएका कारण अवरुद्ध भएको यातायातलाई डाईभर्सन निर्माण गरी अविलम्ब सञ्चालनमा ल्याउन उनले सडक विभागलाई भनेका हुन् । बढी भार भएका मालबहाक सवारी साधनको जाँचमा कडाई गर्न उनले जोड दिए ।
दुम्कीबास पुल भाँचियो पूर्व(पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा पुल भाँचिएर सडक अवरुद्ध भएको थियो । शुक्रबार साँझ साढे ५ बजे अत्यधिक भारसहितको ट्रकका कारण पुल भाँचिएको हो । पुल भाँचिएपछि पूर्व(पश्चिम राजमार्गमा यातायात ठप्प भएको थियो ।