आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक 

शनिबार, पुस २७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई शनिबार सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढी मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हिजो राति अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ ।असमृद्धि र आर्थिक विकासका लागि केही महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ ।’ 
चाँडोभन्दा चाँडो कानुन संशोधनका लागि अध्यादेशमार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाइ थियो । 
उनले भने, ‘शासकीय सुधारसँग सम्बन्धित कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन् । थप पनि उद्योगहरुको वातावरण निर्माणका लागि सरकारले हमेसा नीजि क्षेत्रसंग मिलेर काम गर्न तयार छ ।’ 
उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त्त महत्वपूर्ण निर्णय गरेको समेत बताए ।
उनले भने, ‘आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौ । विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानुन निर्माणमा सरकार लागेको छ ।’ 
यसको साथै, उनले कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेततापूर्वक निर्णय गरेको बताए । 
उनले भने, ‘सात दिन भित्र निर्णय गर्ने निर्णय नभए कार्वाहि हुने व्यवस्था गरेका छौ । सात दिन भित्र हुने भए हुन्छ नहुने भए हुदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौ ।’ 
उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘अब आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा भित्र्याउन सहज हुने कानुन निमार्ण गरेका छौ । ढुक्क भएर तपाईहरु लगानी गर्नुहोस सुरक्षा दिने कुरामा सरकार प्रतिवद्ध छ ।’
उनले सरकारले निजि क्षेत्रसंग सरकार्य गर्न सधै तयार रहेको बताउदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । 
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार