काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)   

उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँद 
आइतबार, पुस २८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौंमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि र इ.टि.एस.आइ.पि.एल. ले संयुक्त रुपमा आयोजना गर्ने यो प्रदर्शनीको दशौं संस्करण हो । 10th Nepal Wood International Expo, 5th Nepal International Furniture Expo तथा Nepal HomeTex & Home Décor International Expo नाम दिएर आगामी माघ ४, ५ र ६ गते काठमाण्डौको भृकृटीमण्डपमा आयोजना गर्न लागिएको हो ।  उक्त प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढी स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादनहरुका बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी गराउन यो प्रदर्शनी आयोजना गरिएको हो । यो अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको उल्लेखनीय सहभागिता रहने छ । अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजनाको सहयोगी संस्था नेपाल प्लाईउड उत्पादकका अध्यक्ष होमप्रसाद घिमिरेले शब्दपाटीसँग प्रदर्शनकीका बारेमा कुराकानी गर्नु भएको छ ।  कुराकानीमा उहाँले उड प्रदर्शनीमा विश्वमा ख्याती कमाएका कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिइएको बताउनुभयो । प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ अध्यक्ष घिमिरेको भनाई छ । प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने अध्यक्ष घिमिरेको विश्वास रहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार