सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका वडा नंं. २८ले वडाभित्र रहेका समूहहरुबीच समस्या, उपलब्धि र आवश्यकताका बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरेको छ । ललितपुरको गोदावरीमा आयोजना गरिएको उक्त अन्तक्र्रिया कार्यक्रममा वडा नं. २८का वडा अध्यक्ष वीरेन्द्र महर्जनले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न प्रकारका सीपमूलक तालिम संचालन गरिएको बताउनभुयो । उहाँले भन्नुभयो, ‘अब हामीले दिएको तालिमको समीक्षा गर्छौ, तालिमको प्रयोग, सदुपयोग कहाँ भयो त्यस तर्फ ध्यान दिन्छौँ । ’ महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बन्न वडाले हर प्रकारले सहयोग गर्ने बताउँदै उहाँले व्यवसाय सचालन गर्न बिउँ पूँजीको व्यवस्था समेत गरेको जानकारी दिनुभयो । ललितपुर महानगर वडा नंं २९ का कार्यवहाक अध्यक्ष वीर गोविन्द महर्जनले समूहमा शक्ति हुने बताउँदै राम्रो काम गर्न सुझाव दिनुभयो । छरछिमेकसँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउँदै सानातिना कुरामा विमत्ति राख्न नहुने धारणा राख्नुभयो । वडां नं. २८की महिला वडासदस्य तथा कार्यपालिका सदस्य शरणलक्ष्मी महर्जनले आर्थिक रुपमा महिला आत्मनिर्भर हुनु भनेको सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो । समूहले महिलालाई एक हुन र उद्यमी बन्न समेत सहयोग गरेको उहाँले बताउनुभयो । वडा सदस्य लक्ष्मी परियारले समूहमा आबद्ध भएपछि महिलामा आत्मविश्वास बढेको बताउनुभयो । समूहले समस्या समाधान गर्न, समस्यामाथि छलफल गर्न साथ दिएको र सहयोग गरेको उहाँको भनाई थियो । हरिसिद्धी माविका प्रिन्सिपल आशादेवी महर्जनले महिलाको अवस्थामा अहिले धेरै सुधार आएका बताउँदै श्रम र सीपले अवस्था सुधार गर्न सहयोग गरेको धारणा राख्नुभयो । वडाले सञ्चालन गरेको तालिमहरुबाट महिलाहरु लाभान्वित भएको बताउँदै सीप विकास गर्न , आर्थिक रुपमा महिलालाई आत्मनिर्भर बनाउन ती तालिम उपयोगी भएको उहाँले बताउनुभयो । लामो समय २८ नं. वडाको सचिवको रुपमा कार्यरत सानुराज सिलवालले वडाको विकास निर्माणमा महिला समूहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । महिलालाई सक्षम बनाउन वडाले धेरै लगानी गरेको बताउँदै त्यसको सदुपयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा वडामा रहेका २१ वटा महिला समूह मध्येबाट प्रथम, द्धितीय र तृतीय स्थानमा छनौट भएका महिला समूहको नाम समेत घोषणा गरिएको थियो । छनौटमा कनिख्य मिसा पुचः पहिलो , सक्रिय दिदीबहिनी महिला समूह दोस्रो, नेवा मिसा पुचः तेस्रो भएका छन् । कार्यक्रममा कनिख्या महिला समूहकी अध्यक्ष अष्टलक्ष्मी महर्जन , सक्रिय दिदीबहिनी महिला समूहकी अध्यक्ष कमला थापा, नवजागृति महिला समूही जसुदा विष्टले वडा समूहले गरेको कामको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँहरुले बिउ पूँज दिए, महिला व्यवसाय गर्न तयार रहेको बताउनु भएको थियो ।