रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा

आइतबार, पुस २८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो । काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । ‘उहाँलाई न्यायिक हिरासतमा पठाइएको हो । बयान सम्पन्न भए पनि थुनछेक बहस भएर अन्तिम आदेश नआएकाले न्यायिक हिरासतमा पठाइएको हो । सोमबारदेखि थुनछेक बहस हुन्छ,’ शर्माले भने । लामिछानेका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरिए पनि न्यायाधीशबाट समय अभावका कारण सम्भव नभएको भनी न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । ‘इजलासमा बयान सकियो । २०–२५मिनेट समय बाँकी थियो । लामिछानेका तर्फबाट थुनछेक बहस गरौं भन्ने प्रस्ताव गर्‍यौं तर सरकारी वकिलले अध्ययन गर्नुपर्नेछ भन्नुभयो । न्यायाधीशले पनि आज समय पुगेन भन्ने कुरा गर्नुभयो र प्रहरीको जिम्मा लगाउनुभयो,’ न्यौपानेले भने, ‘कानुन व्यवसायी वा परिवारको जिम्मा लगाइदिनुस् भन्दा न्यायाधीशले मान्नुभएन र प्रहरीको जिम्मा न्यायिक हिरासतमा पठाउनुभयो । अब भोलि थुनछेक बहस हुन्छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार