थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

सोमबार, पुस २९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार हिरासतमा गएका हुन् । आइतबार विहान आफैं अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरुको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार