सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्र्तगतको कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचनामन्त्रालयसँग छलफलमा भएको हो । छलफलमा बोल्दै सञ्चार मन्त्री पृथ्वी सुव्वा गुङ्गले मिडिया काउन्सिल विधेयक किन ल्याउनुप¥यो ? प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ भन्ने खालको प्रश्न आउने गरेको भन्दै प्रेस काउन्सिल विधेयकको संरचना र कानुनी प्रवन्धले आजको समस्या समाधान नहुने कारण ल्याउन परेको बताए । उनले भने, ‘मिडिया काउन्सिलविधेयक किन ल्याउनुप¥यो ?प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ । त्यसको भन्ने खालको कुरा आउँछ । तर त्यो प्रेस काउन्सिल विधेयकको संरचना जुन खालको छ, जे खालको कानुनी प्रवन्ध छ । त्यसले आजको यो क्षेत्रको समस्याको समाधान गरेन भनेर नयाँ संरचना ने चाहिन्छ भनेर प्रेस काउन्सिल विधेयक यो ३८ सालमा ने बनेको हो । यो बीचमा धेरै कुरा परिवर्तन भइसकेको छ । त्यस क्षेत्रको साथिहरुले पनि मिडिया काउन्सिल विधेयक ल्याउनु प¥यो भनेर आएको थियो ।’ यस्तै,कानुन मन्त्री अजय चौरासियाले मिडिया काउन्सिल विधेयकलाई पास गरेको जानको लागि सुझाव दिए । त्यस्तै, बैठकमा समिति सदस्य सोबिता गौतमले नेपालमा औषधीहरुको विज्ञापन गर्न नपाइने व्यवस्था हुँदा हुँदै पनि आयुर्वेदिक प्रोडक्टहरुको विज्ञापन बढेकोमा अपत्ति जनाइन् । सामाजिक सञ्जालमा विज्ञापन हेरेको भरमा जनताले स्वतरुपमा किनेर खाने या प्रयोग गर्ने हुँदा त्यसले झन समस्या थपिएको उनको भनाई छ । उनले भनिन्, ‘नेपालमा औषधीहरुको विज्ञापन गर्न पाईदैन् । तर त्यो भन्दै गर्दा आयुर्वेदिक प्रोडक्टहरुको चाँही एकदमै विज्ञापन हुने गरेको देखिन्छ । त्यसमा नियमन नहुने कारणले सामाजिक सञ्जालमा धेरै विज्ञापनले विश्वास दिलाइ मानिसले स्वतरुपमा किनेर खाने हुँदा समस्या देखिएको छ ।’