संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री 

सोमबार, पुस २९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको र चीन भ्रमणमा पनि नेपाल र चीनबीचको सम्बन्ध र सहयोग सम्बन्धी महत्वपूर्ण छलफल भएको बताईन् । उनले भनिन्, ‘प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ । चीन भ्रमणको क्रममा चीनसँग व्यापार लगानी, अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशा तर्फ दुई पक्षिय सम्बन्ध राम्रो हुनु पर्ने कुरा भएको र नेपाल र चीनको सम्बन्ध थप उचाईमा लैजानको लागि भावि कार्य दिशा समावेश गरिएको छ ।’ यसको साथै, उनले प्यालेस्टाइनको पक्षमा भएको एउटा स्पेशल बैठकमा भाग लिँदै विपिन जोशीको रिहाईको लागि पहल गरेको पनि बताईन् । उनले भनिन्, ‘प्यालेस्टाइनको पक्षमा त्यहाँ भएको युद्ध सम्बन्धी एउटा स्पेशल बैठक भएको थियो । त्यसमा पनि मैले भाग लिएको थिए, त्यो बेला मैले विपिन जोशीको रिहाईको लागि पहल गरेको थिए ।’ 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार