रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश 

सोमबार, पुस २९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो । सोमबार थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतमा पठाउने आदेश दिएका हुन् । मंगलबार सरकारी बिदा रहेका कारण उनी अब सोमबार र मंगलबार हिरासतमै रहनेछन् ।
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार