सार्वजनिक सेवा प्रसारण (पिएसबी) समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ्ग

मंगलबार, माघ १, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं ।   संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् । मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङ्गले पिएसबीमा सबै बर्ग, क्षेत्र, भाषभाषी, जातजाति र क्षेत्रका विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताएका हुन् । उनले भने, ‘सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्छ । पिएसबीमा सबै बर्ग, क्षेत्र, भषाभाषि, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना  बन्नुपर्ने लागेको  छ । राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । पिएसबीले सहभागितामुलक, समानता र समाबेशी अवधारणामा आधारित भएर काम गर्छ भन्ने विश्वास लिएको छु  ।’ साथै उनले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सुचनाको हकको प्रत्याभुत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । उनले अरु मिडियाले झै नाफा कमाउने नभइ पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रती केन्द्रित हुनुपर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रममा संचार तथा सूचना प्रबिधि मन्त्रालयकी सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण (पिएसबी) संस्थाको दिगोपनमा बिषेश ध्यान दिन आग्रह गरेकी छिन् । उनले पिएसबी ऐनको पूर्ण कार्यान्वयनका लागि आवश्यक नीति नियम, विनियमम क्रमशः तयार गर्ने विषयमा मन्त्रालय लागि परेको समेत उल्लेख गरिन् । उनले भनिन् , ‘सार्वजनिक सेवा प्रसारण (पिएसबी) संस्थाको दिगोपनमा बिषेश ध्यान दिन हामीले जरुरी छ ।  यसका लागि आवश्यक नीति नियम, विनियमम क्रमशः तयार गर्ने विषयमा मन्त्रालय लागि परिरहेको छ ।’ अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण विपद‍्को सारथी र समृद्ध राष्ट्र निर्माणको सम्वाहकको रुपमा रहने बताए । उनले पिएसबी नेपालको मुख्य प्राथमिकतामा राष्ट्र निर्माण, विपद्को सारथीका साथै समृद्धिको आयम रहने बताए । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार