१४ वर्षसम्म पुल निर्माणको काम अधुरै

मंगलबार, माघ १, २०८१
मयुर प्लाई
Global Ime Bank

रौतहट । सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुस्त गतिमा भएको छ । पुल निर्माणको काम थालेको करिब १४ वर्षसम्म पनि निर्माणको काम अधुरै छ । नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लएको हो । २०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए ।  उनका अनुसार पुल बनेपछि  बसतपुर, बडहर्वा, राजदेवीलगायतका वासिन्दालाई सहज हुनेछ । अहिले यहाँका वासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको उनले बताए ।  तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न आहिले सहज हुने उनको भनाइ छ । वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतवारि सर्लाहीतिर छ । अहिले खेतीको कामका लागि डुंगा चढेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए । माधवकुमार नेपालले  शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ । पुलको काम अहिले पनि भैइरहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार