माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड हो : सह–अध्यक्ष थापा

मंगलबार, माघ १, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल मगर संघ केन्द्रिय समितिको सह–अध्यक्ष गंंगाबहादुर थापा मगरले माघे संक्रान्ति मगर समुदायको लागि नयाँ वर्ष नै भएको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड भएको बताए । उनले भने, ‘मकर संक्रान्तिलाई हामी मगर संक्रान्ति भन्छौं । खास गरी यो माघे संक्रान्तिको रुपमा हामी प्रत्येक वर्ष पुसको २९ गते र माघ १ गते मनाउँने गर्छौं । २०६५ सालदेखी मगरहरु मनाउँदै आएका छौं । यो हाम्रो नयाँ वर्ष पनि हो । वैज्ञानिक हिसावले  हेर्ने हो भनेदेखी आज हामीले गत साउनमा क्रकट संक्रान्तिमा खोलिएका बाजाहरु अब यो  माघे संक्रान्ति आजबाट हामीले बजाउने बाजाहरु बन्द गरेर खेतिपातितर्फ लाग्छौं । यो मगरहरुको मनोरञ्जनको अन्तिम चाड हो ।’ साथै उनले माघे संक्रान्तिले माइति चेलिहरुको सम्बन्धमा सुमधुर सम्बन्ध बढाउने समेत बताए ।  उनले माघे संक्रान्तिलाई मगर समुदायले देशमा मात्र नभैइ विदेशमा समेत मनाउँन आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार