खेलाडीहरूको पहिचान विश्वभर हुनुपर्छ : अध्यक्ष बेगानी

मंगलबार, माघ १, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित कुमार बेगानीले खेलाडीको लागि पहिचान बनाउने उद्देश्यले नेपाल कबड्डी लिग (एनकेएल) को आयोजना गर्न लागेको बताएका छन् ।  मंगलबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी उनले लिगलाई बिजनेस रुपमा नभएर खेलाडिको लागि पहिचान बनाउने उद्देश्यले हेरेको बताएका हुन् ।  उनले भने, ‘मेरो लागि सफलता भनेको देशकै सफलता हो । देश सफल भयो भने मात्र म सफल हुन्छु । हाम्रो खेलाडिहरुको पहिचान विश्वभर भयो भने म मान्छु कि म सफल भए भनेर याने हाम्रो बिजनेस होईन खेलाडीको लागि पहिचान गराउन सक्ने माध्यम हो । हाम्रो उद्देश्य पनि यही हो ।’ त्यस्तै उनले नेपालमा  कबड्डीका २०–२५ हजार खेलाडिहरु भएतापनि अरु खेलहरु जसरी कबड्डी खेल प्राथमिकतामा पर्न नसकेको गुनासो गरे ।   उनले भने,‘२०–२५ हजार खेलाडी त छ । तर काठमाडौंमा भन्दा तराईतिर अलि बढी छ रुची राख्ने । यहाँसम्म आइपुग्दा खेलहरुले प्राथमिकता बढी लिइसके कबड्डीले पनि आफ्नै स्थान लिनुपर्छ भन्ने हो ।’ कबड्डी लिग आगामी माघ ४ गते हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो । 

Photo-(1)-(3)-1736856661.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार