राजमार्ग निर्माणमा अति ढिलाइ गरिएको भन्दै मिर्चैयामा चक्काजाम 

बुधबार, माघ २, २०८१
मयुर प्लाई
Global Ime Bank

सिरहा । सिरहाको मिर्चैया बजारका व्यापारीहरुले आज एकाबिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् । स्थानीय व्यापारीहरुले राजमार्गमा तगारो राखेर आवगमन ठप्प पारेका छन् । बिहानैदेखि मिर्चैयामा सवारी साधनहरुको लामो लर्को रोकिएको छ । यात्रुहरु कठिनाइमा परेका छन् । चिनियाँ इष्ट वेष्ट रेल्वे कम्पनीले  राजमार्ग निर्माणमा अतिशय ढिलाई गरेको र मिर्चैया बजार क्षेत्रमा कालोपत्रे नहुँदा धूलो उडेर घर र पसल छपक्कै ढाक्ने गरेको बन्दकर्ता मिर्चैयाबासीको भनाइ छ । स्थानीय व्यापारी रामप्रसाद साह पटक पटक ताकेता गर्दा पनि राजमार्ग निर्माण कार्यमा हदैसम्म ढिलाइ भइरहेको छ । बजार क्षेत्रमा सडक भत्काइएकोले आवागमनमा पनि कठिनाइ भइरहेको छ । व्यापारीहरु सडककै दुर्गतिका कारण पलायन भइरहेका छन् । व्यापार चौपट भएको उनीहरुको गुनासो छ ।  धूलोले घर र पसलमा बस्नै नसक्ने स्थिति छ । तीन वर्ष भयो राजमार्ग भत्काएको अझैसम्म निर्माण पूरा गरिएको छैन । अर्का व्यापारी भन्छन् सडक विभाग , चाइना निर्माण व्यवसायी कम्पनी र कन्सलटेन्टलाई भन्दा भन्दा थाक्यौ । चाइना कम्पनी उल्टो भन्छ , हामीसँग पैसा छैन  कसरी काम गर्ने ? अनि यो राजमार्ग कसरी निर्माण हुन्छ । हामीले कति सास्ती भोग्ने ? पूर्व पश्चि राजमार्गको कमला नदीदेखि पूर्व कञ्चनरुप बजारसम्म चार लेन सडक निर्माणको ठेक्का पाएको चाइना कम्पनीले तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्दा पनि सडक निर्माण पूरा गरेको छैन । अझसम्ममा मात्र ५० प्रतिशत काम पूरा भएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार